राष्ट्रपति पौडेललाई केही दिन आरामको सल्लाह, पूर्वनिर्धारित कार्यक्रम स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई चिकित्सकहरूले केही दिन पूर्ण आराम गर्न सल्लाह दिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराएर आइतबार डिस्चार्ज भए पनि डाक्टरहरूको सल्लाहअनुसार उनीतत्कालका लागि सार्वजनिक कार्यक्रममा सहभागी नहुने भएका हुन् । राष्ट्रपति कार्यालयका अनुसार, चिकित्सकहरूको सल्लाहबमोजिम आजका लागि तय गरिएको ‘जेनजी’का प्रतिनिधिहरूसँगको छलफल कार्यक्रम…