प्रधानमन्त्री कार्कीसँग चुनावको तयारी र आवश्यक सहयोगका विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग चुनावको तयारी र आवश्यक सहयोगका विषयमा निर्वाचन आयोगका पदाधिकारीले छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो भएको छलफलमा आउँदो फागुन २१ गतेका लागि तय भएको चुनाव, यसको कार्यतालिका तथा कार्यान्वयनमा सरकार र राजनीतिक दलको सहयोगलगायतका विषयमा छलफल भएको थियो । निर्वाचन आयोगले अस्ति सोमवार कार्यतालिका सार्वजनिक गरिसकेको छ…