काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकपछि प्रचण्डले माओवादी घोषित मितिमा निर्वाचन हुनुपर्ने पक्षमा रहेको बताए । उनले निर्वाचनमा सहभागी हुनेबारे अन्य राजनीतिक दलसँग पनि कुराकानी भइरहेको बताए । "घोषित मितिमा निर्वाचन हुनुपर्छ र…