काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मुलुकमा रहेका नेपाली राजदूत र नियोग प्रमुखहरूसँग बुधबार ब्रिफिङ लिने भएकी छन् । परराष्ट्र मन्त्रालयको समेत विभागीय जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले पद सम्हालेपछि पहिलो पटक ब्रिफिङ र सरकारको प्राथमिकताबारे निर्देशन दिन लागेकी हुन् । नयाँ सरकार बनेपछि राजदूतहरूसँग संयुक्त रूपमा कुराकानी हुन लागेको हो । अपराह्न भर्चुअल संवाद हुनेछ…