काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले केन्द्रीय समिति बैठकमा धारणा राखेका केन्द्रीय सदस्यहरूमध्ये अधिकांशले चुनावपछि नियमित महाधिवेशनमा जानुपर्ने कुरा राखेको बताएका छन् । बिहिबार केन्द्रीय समिति बैठकपछि सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता महतले फागुन २१ को राष्ट्रिय चुनावपछि महाधिवेशनमा जानुपर्छ भन्ने धारणा बढी आएको र कतिपय धारणा भने त्यसअघि नै महाधिवेशन गर्नुपर्छ भन्ने पक्षमा…