काठमाडौं । प्रधानमन्त्री निवास घेर्ने लक्ष्यका साथ भक्तपुरकाे बालकोटतर्फ अगाडि बढेको जेन जी आन्दोलनकारी मनोहरा पुलबाट फर्काइएका छन् । जिल्ला प्रहरी परिसर, भक्तपुरका एक अधिकृतका अनुसार एउटा जुलुस टोली काठमाडौंबाट बालकोटतिर लागेको सूचना प्राप्त हुनासाथ मनोहरास्थित काठमाडौं र भक्तपुरको सीमा क्षेत्रमा तैनाथ प्रहरी टोलीले उनीहरूलाई त्यहीँबाट फिर्ता पठाएको हो । डेढ–दुई सयको संख्यामा उनीहरू थिए…