काठमाडौं । शिक्षक आन्दोलनमा साथ दिन पुगेका नेकपा एकीकृत समाजवादीको शीर्ष नेताहरु अपमानित भएर फर्किएका छन् । पार्टीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेसहितको टोली आन्दोलन स्थलमा पुगेपछि शिक्षकहरूले उल्टै उनीहरूविरुद्ध नाराबाजी गरेका हुन् । शिक्षकहरूको समर्थनमा भाषण गर्ने योजनासहित गएका नेताहरुलाई शिक्षकहरूले त्यहाँबाट फर्किहाल्न भनेका हुन् ।…