काठमाडौं । अन्तरिम सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउँदै अनावश्यक विदेश भ्रमणमा पूर्णविराम लगाउने महत्त्वपूर्ण निर्णय गरेको छ । गत असोज ५ गते बसेको मन्त्रिपरिषद बैठकले विदेश भ्रमणलाई कडाइका साथ नियमन गर्ने र भ्रमण टोलीको आकारमा समेत सीमा तोक्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, सरकारले चालु खर्च घटाउने उद्देश्यले यो कदम चालेको हो…