गणतन्त्रमाथि कालोबादल मडारियो : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताधारीको गलत आचरणले गणतन्त्रमाथि कालोबादल मडारिएको बताएका छन् । शुक्रबारबाट सुरु बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभामा बोल्दै केसीले सत्तासिन दलहरूले आफ्नो आचरण सुधार नगर्दा लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि चौतर्फी हमला भएको बताएका हुन् । ‘जनताको लामो संघर्ष र ठूलो बलिदानपछि लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता प्राप्त भयो । राजतन्त्रको कालमा सत्ताको रसस्वादन…