काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दुईदिने भारत भ्रमण तय भएको छ । उनले आगामी भदौ ३१ देखि असोज १ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने तय भएको हो । भारतको औपचारिक भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निम्तो प्राप्त भएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएकाे छ । ओली ०८१ असार ३१ गते प्रधानमन्त्री भएका थिए…