काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच च्यासलमा भएको भेटवार्ता सकिएको छ । उनीहरूबीच आइतबार अपराह्न करिब डेढ घन्टा कुराकानी भएको हाे । भेटवार्तापछि पूर्वराष्ट्रपति भण्डारीले च्यासल परिसरमा पत्रकारहरूसँग समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको बताइन् । ‘राष्ट्रिय राजनीतिको विषयमा कुराकानी भयाे,’ उनले भनिन् । उनलाई पत्रकारहरूले एमालेको सदस्यता…