उम्मेदवार लेखजंग थापाकाे विषयमा पुनर्विचार हुदैन : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ मा उम्मेदवार चयन गरेकाे डा. लेखजंग थापाकाे विषयमा पुनर्विचार नगर्ने स्पष्ट पारेकाे छ । कानुन विपरीत थापाले बहुविवाह गरेको विषय सञ्चारमाध्यमबाट बाहिरिएपछि विवादमा तानिए पनि पार्टीले पुनर्विचार नगर्ने बताएकाे हाे । थापाकाे सम्पूर्ण विवरण हेरेर नै पार्टीले उम्मेदवार छनोट गरेकाले पुनर्विचार नहुने प्रवक्ता मनिष झाले बताएका छन् ।…