धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यही १५ साउनमा विश्वासको मत लिने भएका छन् । १५ साउनमा बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने भएका हुन् । सोमबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकपछि विश्वासको मत लिन मिति तय गरिएको हो । दलको बैठकले मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय…