प्रधानाध्यापकको सेवा सुविधाबारे विधेयकमै स्पष्ट लेखौँ : रेखा शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले प्रधानाध्यापकको सेवा सुविधाबारे विधेयकमा स्पष्ट रूपमा लेखिनुपर्ने बताएकी छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले यस्तो बताएकी हुन् । विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफलक्रममा उनले प्रधानाध्यापकको विषय प्रदेशमा राखेर छनोट गर्ने प्रावधान राम्रो भएको उल्लेख गरिन् ।…