काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेताबाट गङ्गाराम चौधरीलाई बर्खास्त गरेकी छन् । उनले चौधरीलाई बर्खास्त गरेको जानकारीसहितको पत्र सङ्घीय संसद् सचिवालयमा पठाएकी हुन् । अध्यक्ष श्रेष्ठले सभामुख देवराज घिमिरेलाई लेख्नुभएको पत्रमा संसदीय दलको नेताको पद रिक्त भएकोमा नागरिक उन्मुक्ति पार्टीको निर्णय अनुसार पार्टी अध्यक्ष स्वयंले संसदीय दलको नेताको…