आलमलाई सफाइ दिने न्यायाधीशहरू विरुद्ध न्यायपरिषद्‍मा थप उजुरी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलम लगायतलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशहरूविरुद्ध थप उजुरी परेको छ । डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनविरुद्ध न्यायपरिषद्‍मा थप उजुरी परेको हो । जाहेरीकर्तामध्येका एक शैलेन्द्र शाहले मुद्दामा बदनियत पूर्वक फैसला भएको भन्दै त्यसमा संलग्न न्यायाधीशहरूलाई कारबाहीको माग राखी सोमबार न्यायपरिषद्‍को सचिवालयमा अर्को उजुरी दर्ता गरेका हुन्…