भविष्यको खाका कोर्न सक्ने हिम्मत माओवादीसँग मात्र छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा भएका ऐतिहासिक परिवर्तनहरूको श्रेय माओवादी आन्दोलनलाई जाने दाबी गरेका छन्। सोमबारको संसद बैठकमा विशेष सम्बोधन गर्दै उनले गणतन्त्र स्थापनादेखि संविधान निर्माण र ऊर्जा क्षेत्रमा भएको प्रगति माओवादी नेतृत्वकै योगदान भएको बताएका हुन्। उनको भनाइमा, देशको भविष्यको स्पष्ट खाका कोर्न सक्ने हिम्मत र दूरदृष्टि…