काठमाडौं । सरकारले फिर्ता बोलाइएका ११ मध्ये चार जना राजदूतले पदबाट राजीनामा दिएका छन् । उनीहरुकाे राजीनामा पनि स्वीकृत भइसकेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिएका छन् । राजदूतहरूमा चन्द्रकुमार घिमिरे (बेलायत), लोकदर्शन रेग्मी (अमेरिका), कृष्णप्रसाद ओली (चीन) र रमेशचन्द्र पौडेल (कतार) ले राजीनामा दिएका छन् । दुर्गाबहादुर सुवेदी (जापान), शैल रुपाखेती (जर्मनी),…