रास्वपाबाट रोल्पामा बालराम थापा प्रतिनिधिसभा उम्मेदवार सिफारिस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोल्पा जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनका लागि बालराम थापालाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ । पार्टीका जिल्ला उपसभापति रहेका थापालाई एकल रूपमा सिफारिस गरिएको जिल्ला अध्यक्ष रेसम थापाले जानकारी दिए । लगातार माओवादी केन्द्रले जित्दै आएको रोल्पामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ । जिल्ला अध्यक्ष थापाका अनुसार…