काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको आयोजना स्थल परिवर्तन गरेको छ। पार्टीले महाधिवेशन अब भरतपुरस्थित चितवन उद्योग संघ अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र मा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ। यसअघि महाधिवेशन चितवनको रत्ननगर नगरपालिका क्षेत्रअन्तर्गत टाँडीस्थित होटेल स्टारमा गर्ने तयारी गरिएको थियो। पछिल्लो निर्णयसँगै कार्यक्रमको मुख्य स्थल परिवर्तन गरिएको हो। पार्टीका केन्द्रीय सदस्य…