काठमाडौँ। आसन्न प्रतिनिधि सभा चुनावका लागि नेपाली काँग्रेसले समानुपातिकतर्फका ११० जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । यसपटकको सूचीमा विगतमा समानुपातिकमा अवसर पाएकालाई नदोहोर्याइएको काँग्रेसले जनाएको छ । समानुपातिक बन्द सूचीमा पदाधिकारीमध्ये सहमहामन्त्री भीष्मराज आङ्देम्बेको पनि नाम अटाइएको छ । कोशी प्रदेशबाट समानुपातिकका लागि उनको नाम सिफारिस भई आएको थियो । २०७९ को चुनावमा…