काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीको विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा परराष्ट्रमन्त्रीसमेत रहेकी देउवा पत्नी आरजु राणा पनि सहभागी थिइन् । भेटपछि कांग्रेस सभापति देउवाले चौथाइवालेसँगको भेट फलदायी भएको उल्लेख गरेका छन् । ‘हामीले नेपाल–भारत सम्बन्धको विस्तृत पक्षहरूको…