काठमाडौं । राजसंस्था पूनर्स्थापना जनआन्दोलनका नेताद्वय डा धवल शम्शेर राणा र रवीन्द्र मिश्रले अस्पतालमा बस्ने सुविधा नलिने स्वघोषणा गर्दै हिरासतबाटै लडाइ लड्ने विकल्प रोजेका छन् । ‘स्वास्थ्य समस्याका कारण प्राप्त हुने अस्पताल बस्ने सुविधा म लिन इन्कार गर्दछु,’ संयुक्त जनआन्दोलन परिचालन समितिका सदस्य सचिव तथा राप्रपा उपाध्यक्ष मिश्रले काठमाडौं जिल्ला अदालत इजलासमा आइतबार भने ।…