ताप्लेजुङको फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा जारी

ताप्लेजुङ । पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर झडप बढ्न थालेपछि ताप्लेजुङको फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । हिजो भएको झडपपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरेका हुन् । आज बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म पाँच जनाभन्दा धेरै मानिस भेला…