भृकुटीमण्डपमा शुल्क बुझाउनुपर्ने भएपछि समाजवादी मोर्चाको सभा बीच सडकमा

काठमाडौं । राजावादीहरूलाई काउन्टर दिन भृकुटीमण्डपमा हुने भनिएको समाजवादी मोर्चाको विरोधसभा बीच सडकमा पुगेको छ । समाज कल्याण परिषदको भृकुटीमण्डप सञ्चालक समितिले उक्त स्थान निःशुल्क उपलब्ध गराउन नमानेपछि मोर्चाको कार्यक्रम बीच सडकमा पुगेको हो । आजको कार्यक्रम भृकुटीमण्डपसँगै जोडिएको पर्यटन बोर्ड तथा राष्ट्रिय सभागृह अगाडिको सडकमा केन्द्रित भएको छ । विरोध सभाका लागि रत्नपार्कबाट भद्रकाली…