रवि लामिछानेलाई सरकारले हत्कडी लगाएर पक्राउ गर्छः काँग्रेस नेता निधि

काठमाडौं । कांग्रेस नेता विमलेन्द्र निधिले सहकारी संस्थाको बचत अपचलनको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पक्राउ गरिने बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र सभापति लामिछानेलाई समितिको सिफारिसका आधारमा सरकारले कारबाही गर्ने बताए । लामिछानेमाथि सहकारी संस्थाको बचत अपचलनसम्बन्धी छानबिन समितिको प्रतिवेदनअनुसार कारबाही अघि बढाइने उनको भनाइ थियो…