काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले चुनावअगाडि महाधिवेशन गर्नुपर्ने बताएका छन् । बुधबार सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले पुस मसान्तसम्मको कार्यतालिका ल्याएर नियमित महाधिवेशन सम्पन्न गर्नु अहिलेको आवश्यकता भएको बताएका हुन् । ‘हामी अहिले निर्वाचनको प्रक्रियामा छौँ । पार्टीभित्र महाधिवेशन कहिले गर्ने भन्ने बहस चलिरहेको छ । मेरो विचारमा, यदि महाधिवेशन निर्वाचनपछि गरियो…