काठमाडौँ । नेपाली काँग्रेसले १५औँ महाधिवेशनको तयारीसँगै क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियालाई व्यवस्थित र तीव्र बनाउन सातै प्रदेशमा केन्द्रीय तहका जिम्मेवार प्रतिनिधि परिचालन गरेको छ। सोमबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सदस्यता वितरण तथा नवीकरणलाई सहज र प्रभावकारी बनाउने उद्देश्यसहित प्रदेशगत समन्वयका लागि विशेष जिम्मेवारी बाँडफाँड गरेको हो। महामन्त्री एवं…