काठमाडौं । संसदको हिउदे अधिवेशन छल्दै आएको सरकारले विभिन्न १७ वटा कानून संशोधन गर्न अध्यादेश ल्याएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक सेवा सरलीकरण गर्ने, गैरआवासीय नेपालीलाई नेपालमा १० वर्षसम्म बस्दा भिसा शुल्क नलिने, गैरआवासीय नेपालीले नेपाली नागरिकता प्राप्त गरेको अवस्थामा नेपालमा कम्पनी खोल्न सक्ने र त्यसका लागि विदेशी लगानीका रूपमा अनुमति लिनु नपर्नेजस्ता…