कांग्रेस कोशी प्रदेश सभापति थापामाथि कुटपिट, आँखामा क्षति

बिराटनगर । नेपाली कांग्रेसका कोशी प्रदेश समिति सभापति उद्धव थापामाथि कुटपिट भएको छ । झापाको सुरुङ्गाबाट बिर्तामोड फर्कने क्रममा उनीमाथि कुटपिट भएको हो । उनी कोशी प्रदेशको पूर्वमुख्यमन्त्री समेत हुन् । नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारणसभाबाट फर्कंदै गर्दा शनिबार बेलुका करिब ७ बजे कनकाई नगरपालिकाको जुकेखाडीनजिक कुटपिट हुँदा थापाको आँखामा चोट…