काठमाडौं । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । जोशी आइतबार अदालतमा उपस्थित भएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । उनीसहितका व्यक्तिविरुद्ध संगठित रूपमा ठगीको अभियोगमा मुद्दा दायर गरिएको छ । जोशीविरुद्ध यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा समेत…