पोखरा । स्वर्ण लक्ष्मी सहकारी ठगी प्रकरणमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर न्यायिक हिरासतमुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेका समर्थकले जिल्ला अदालत कास्की बाहिर अविर जात्रा गरेका छन् । अदालतबाहिर रास्वपाका कार्यकर्ताको ठूलो भिड जम्मा भएर अविर जात्रा गरेका हुन् । ‘जनता कसको रविको, रवि कस्को जनताको’, ‘यो जीत कसको रविको’,…