मधेस प्रदेशको सभामुखका लागि २ जनाको उम्मेदवारी दर्ता

काठमाडौँ । मधेस प्रदेश सभाको सभामुख पदका लागि दुई जना प्रदेश सभा सदस्यहरूले उम्मेदवारी दर्ता गराएका छन् । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म निर्धारित गरिएको मनोनयन दर्ताको समयमा सत्तारुढ ७ दलीय गठबन्धनको तर्फबाट जसपा नेपालका रामअशिष यादव र एमालेका त्रिलोकी प्रसादले सभामुख पदमा उम्मेदवारी दर्ता गराएको प्रदेशसभा सचिवालयका प्रवक्ता विपिन ठाकुरले जानकारी दिए ।…