काठमाडौँ । नेपाली काँग्रेस सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) अनुपस्थित भएमा विपक्षीहरूको विरोध जारी रहने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सचेतक राईले प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलमा नआए विरोध जारी राख्ने बताएका हुन् । ‘प्रधानमन्त्रीज्यूले प्रश्नबाट भागेर लोकतन्त्रलाई कमजोर बनाउने काम कतै प्रधानमन्त्रीले गर्नु भएको छ छैन,’ सांसद राईले भने, ‘प्रधानमन्त्री भए…