डेडिकेटेड र ट्रंक लाइन महसुल उठाउन छाडेर अनावश्यक तर्क गरियो : सांसद बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले डेडिकेटेड र ट्रंक लाइन महसुल उठाउन छोडेर अनावश्यक तर्क गरिएकामा आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै पूर्वऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत रहेका सांसद बस्नेतले संसद्को सार्वजनिक लेखा समितिमा पछिल्ला दिनमा भइरहेको बहस तर्कसङ्गत नभएको बताए । महसुल उठाउन पाइँदैन भनेर नेपाल…