शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न सकेनन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न नसकेको बताएका छन् । मंगलबार ललितपुरमा भएको 'संघीयता सवलीकरणको कसीमा प्रदेशका सवालहरू' अन्तर्क्रियामा बोल्दै महामन्त्री थापाले शासकीय जिम्मेवारी लिने राजनीतिक दलका नेताहरू संघीयताप्रति उदार हुन नसक्दा अहिलेको परिणाम आएको बताए । ‘हामी राजनीतिक दलका नेताहरू, म पनि हो…