काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत निलम्बनमा परेसँगै उपमेयर सुशीला अधिकारी कार्यवाहक मेयर बनेकी छन् । मेयर निलम्बनमा परेसँगै उपमेयर अधिकारी स्वतः कार्यवाहक मेयर बनेकाे नगरपालिकाका प्रवक्ता महेश रिमालले बताए । कांग्रेसबाट निर्वाचित मेयर बस्नेत निलम्बनमा परेपछि नगरपालिकाको नेतृत्व एमालेमा पुगेको छ । नागार्जुनमा मेयर र उपमेयर दुवैको यो दोस्रो कार्यकाल हो ।…