तीन नेतालाई ७ दिनभित्र जवाफ पेश गर्न एमालेले पठायो स्पष्टीकरणपत्र

काठमाडौं । नेकपा एमालेले पार्टी केन्द्रीय भवन दानमा स्वीकार्ने निर्णयविपरीत बोल्ने नेताहरुलाई स्पष्टीकरणपत्र पठाएको छ । महासचिव शंकर पोखरेलले ७ दिनभित्र लिखित जवाफ पेश गर्न स्पष्टीकरण पत्र पठाएका हुन् । आइतबार साँझ बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । ‘……