काठमाडौं । राष्ट्रसंघीय महासभाबाट १० दिनपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले विपदको संवेदनशील बेलामा विरोध गरेर परिस्थिति झन् बिगार्न खोजिएको बताए । ‘संवेदनशील बेलामा विरोधका लागि विरोध नगरौँ । सरकार छ । यसले परिस्थिति सम्हाल्छ । गरिरहेको पनि छ’, ओलीले भने । उनले सरकारी निकाय र जनस्तरबाट उद्धार कार्य जारी रहेको भन्दै धैर्य गर्न…