काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गरेका छन् । प्रधानमन्त्रीले आयोजना गरेको छलफल काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा संघीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा केन्द्रित थियो । उक्त छलफलमा प्रधानमन्त्री ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय संघीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिसबमोजिम…