रामपुर । नेकपा एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्विरोध निर्वाचित भएका छन् । पार्टीको १०औँ जिल्ला अधिवेशनले घर्तीमगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । शनिबार सम्पन्न अधिवेशनले घर्तीमगरको अध्यक्षतामा एक सय एक सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । नवगठित कमिटीको उपाध्यक्षमा विमल काफ्ले, सचिवमा रामजी पोखरेल (भोजराज), उपसचिवमा दीपक विश्वकर्मा र महिला उपसचिवमा मीना…