विना निष्कर्ष सकियाे कार्यदलको बैठक, शुक्रबार फेरि बस्ने

काठमाडौँ । सहकारीको रकम हिनामिना सम्बन्धी गठन गर्ने भनिएको संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको आज बसेकाे बैठक विना निष्कर्ष सकिएकाे छ । बिहीबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठकमा सहमति जुट्न नसकेपछि निष्कर्षविहीन भएको हो । बैठक शुक्रबार बिहान ८ः३० बजे फेरि बस्ने कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिए । शुक्रबार बिहान…