डुम्रे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँद्वारा आज बिपी स्मृति भवन दमौलीमा आयोजित कार्यक्रममा उनले गुणस्तरीय सेवा प्रवाहका लागि अस्पतालमा चिकित्सक अभाव हुने अवस्था रहेकाले यसको व्यवस्थापनका लागि चिकित्सा शिक्षा अध्ययनलाई पनि ध्यान दिनुपर्नेमा जोड दिए । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र आमनागरिकको…