एमालेको ११ औं महाधिवेशन काठमाडौंमा हुने

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले मंसिरमा हुन लागेको ११ औँ महाधिवेशनस्थल परिवर्तन गरेको छ। शनिवार बसेको सचिवालय बैठकले एमालेको ११ औँ महाधिवेशन पोखराबाट काठमाडौँ सार्ने निर्णय गरेको हो । यसअघि एमालेले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो। उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमालेको ११ औँ महाधिवेशन मंसिरमा काठमाडौँमा हुनेछ ।