इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले इरानी नागरिकलाई अब आगमन प्रवेशाज्ञा (अनअराइभल भिसा) नदिने निर्णय गरेको छ । यसअघि सहज रूपमा उपलब्ध गराइँदै आएको अनअराइभल भिसा अब नेपाली दूतावासबाट मात्र लिनुपर्ने व्यवस्था लागू हुने भएको छ । मन्त्रालयका अनुसार, इरानमा हालै देखिएको तनाव र त्यसपछि नेपालतर्फ इरानी नागरिकको आगमन बढेपछि सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो…