काठमाडौं । मुलुकको प्रमुख कार्यकारी पदबाट विमुख भएको ठीक ३ वर्षपछि असारकै अन्तिममा एमाले अध्यक्ष केपी शर्मा ओली चौथौपल्ट प्रधानमन्त्रीका रूपमा सिंहदरबार प्रवेश गर्दैछन् । असार १७ गते राति भएको सात बुँदे सहमतिले कांग्रेस–एमालेबीच छैठौं सत्ता सहकार्यको ढोका खोलेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत नपाएर पदमुक्त भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ…