काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान ११ बजे बस्नेछ । आज बस्ने सचिवालय बैठकले महाधिवेशनको तयारी र जनचालनबारे निर्णय गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । ‘एमाले अब महाधिवेशनमा होमिएको छ । यो सचिवालय बैठकले गर्ने मुख्य एजेण्डा महाधिवेशनको क्यालेण्डर निर्माण हो,’ उनले भने…