काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले काँग्रेस र एमालेको मिलनले देश पश्चगमन र प्रतिगमनको दिशामा गइरहेको जिकिर गरेका छन् । एक कार्यक्रममा गुरुङले बोल्दै एमालेले माओवादीसँगको सहकार्य तोड्नुको कुनै आधार नभएको बताए। उनले भने, ‘अहिले संविधान संशोधनको चर्चा गरिएको छ। यो उपलब्धिलाई उल्ट्याएर ०४७ सालको संविधानको दिशामा लान खोजिएको आशंका उत्पन्न भएको छ।…