प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु हुँदैन : अध्यक्ष नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु नहुने बताएका छन् । मंगलबार काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा प्रत्यक्ष कार्यकारी आउँदा देशको सबै गहना लुटेर लग्ने जिकिर गरे । नेपाली राजनीतिक कर्मीहरूको आचरण…