इलाम २ मा माओवादीबाट धीरेन्द्र शर्मा उम्मेदवार सिफारिस

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले इलाम २ को उपनिर्वाचनमा धीरेन्द्र शर्मा तिमिल्सिनालाई उम्मेदवार सिफारिस गरेको छ । इलाम माओवादी जिल्ला कमिटीले तिमिल्सिनाको नाम सिफारिस गरेको कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले जानकारी दिए । इलाम २ मा उको नाम सर्वसम्मत रूपमा सिफारिस भएको हाे । उम्मेदवारका रूपमा एकल सिफारिश भएपछि आफूले चुनावको तयारी थालेको…