एजेन्सी।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न रुसमाथि भारी कर लगाउने चेतावनी दिएका छन् । सोमबार नेटो महासचिव मार्क रुटसँगको भेटमा ट्रम्पले रुसले युक्रेनसँगको युद्ध चाँडै रोक्नुपर्ने भन्दै चेतावनीस्वरूप कर लगाउने योजना सार्वजनिक गरे। उनको भनाइमा, यदि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी ५० दिनभित्र युक्रेनसँग शान्ति सम्झौता नगरेमा रुसमाथि १०० प्रतिशत आयात कर लगाइनेछ।…